८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह

क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो

क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो
अ+ अ-

एजेन्सी । प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताउनुभएको छ ।

दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उहाँले नाटकीय स्वरमा भन्नुभयो, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।”

पहिलो चरणमा मङ्गलबार ३० अर्ब क्यानेडियन डलर मूल्य बराबरका अमेरिकी वस्तुहरूमा भन्सार महसुल लगाइने र तीन हप्तामा थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्य बराबरका उत्पादनहरूमा थप भन्सार महसुल लगाइने छ ।

“हामी निश्चित रूपमा तनाव बढाउन खोजिरहेका छैनौँ तर हामी क्यानाडा, क्यानाडालीहरू र क्यानाडाली रोजगारीका लागि उभिनेछौँ”, ट्रुडोले भन्नुभयो, “अझै धेरै, धेरै कुरासहित अमेरिकी बियर, वाइन र बर्बनका साथै फलफूल, तरकारी, उपभोक्ता उपकरण, काठ र प्लास्टिक जस्ता ‘दैनिक वस्तुहरू’ मा भन्सार महसुल लागू हुनेछ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गर्नुभएको थियो ।

संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातले मङ्गलबारदेखि २५ प्रतिशत करको सामना गर्नेछ । यद्यपि क्यानाडाबाट आउने ऊर्जा स्रोतहरूमा १० प्रतिशत कम कर लाग्नेछ ।

व्यापार द्वन्द्वले क्यानाडाली र अमेरिकीहरू दुवैका लागि ‘वास्तविक परिणामहरू’ ल्याउने ट्रुडोले बताउनुभयो । यसमा रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने, सवारी साधन असेम्बली प्लान्टहरू सम्भावित बन्द हुने र क्यानाडाली निकेल, पोटास, युरेनियम, स्टिल र एलुमिनियमको पहुँचमा बाधा पुग्ने जस्ता समस्याहरू समावेश छन् ।

हामीलाई विभाजित गर्ने

प्रधानमन्त्री ट्रुडोले क्यानाडाले इरान बन्धक सङ्कट र अफगानिस्तान युद्धदेखि हरिकेन क्याट्रिना र हालैका क्यालिफोर्निया डढेलो जस्ता घातक प्राकृतिक प्रकोपहरूसम्म अमेरिकाको ‘अँध्यारो समय’ मा साथ दिएको स्मरण गराउनुभयो ।

“यदि राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाका लागि नयाँ स्वर्ण युगको सुरुआत गर्न चाहनुहुन्छ भने क्यानाडासँग साझेदारी गर्नु राम्रो बाटो हो, हामीलाई सजाय दिनु होइन । दुर्भाग्यवश आज ह्वाइट हाउसले लिएका कदमहरूले हामीलाई एकजुट गर्नुको साटो विभाजित गरेका छन् ।”

यसअघि ट्रुडोले प्रान्तीय प्रिमियरहरूसँग परामर्श गर्नुभएको थियो । उनीहरूले प्रत्येकले पछि स्थानीय पसलहरूबाट अमेरिकी मदिरा हटाउने र आफ्ना व्यापारिक सम्बन्धलाई तुरुन्तै विविधीकरण गर्न खोज्ने जस्ता अतिरिक्त कदमहरू चाल्ने बताएका छन् ।

अल्बर्टाकी प्रिमियर डेनिएल स्मिथले अमेरिकी भन्सार महसुललाई ‘पारस्परिक विनाशकारी नीति’ भन्दै यसले ‘हाम्रा दुई राष्ट्रबीचको महत्त्वपूर्ण सम्बन्ध र गठबन्धनमा तनाव’ ल्याउने बताउनुभयो ।

ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अझ अगाडि बढेर अमेरिकी भन्सार महसुललाई ‘हाम्रा देशहरूबीचको ऐतिहासिक बन्धनको पूर्ण विश्वासघात’ भन्नुभयो ।

“यो एक विश्वसनीय सहयोगी र मित्रविरुद्धको आर्थिक युद्धको घोषणा हो”, सम्बन्धमा पर्ने क्षति दीर्घकालीन हुने चेतावनी दिँदै उहाँले भन्नुभयो, “हामी फेरि कहिल्यै ह्वाइट हाउसमा बस्ने एक व्यक्तिको लहडको अधीनमा रहने छैनौँ ।”

यसैबीच ओटावामा ओटावा सिनेटर्स र मिनेसोटा वाइल्डबीचको एनएचएल हकी खेलमा क्षमताभन्दा बढी दर्शकहरूले खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रिय गान गाउँदा विरोध जनाएका थिए ।