३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको छ । शनिबार आन्तरिक स्थानान्तरणका क्रममा डार्ट (औषधियुक्त सुई प्रयोग) गरी ल्याइएको १५ वर्षको पोथी गैँडालाई आज बिहान खगेन्द्रमल्ली क्षेत्रमा छोडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।

मगरले निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएकाले त्यहाँका चार वटा गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न थालिएको जानकारी दिनुभयो । निकुञ्जले गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरेको थियो ।

निकुञ्जसम्बन्धी अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएपछि सोही आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । उहाँका अनुसार निकुञ्जको प्राविधिक टोलीले नवलपुरमा पर्ने पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।