१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरबाट सुत्केरीको उद्धार



अ+ अ-

डोल्पा। सालनाल अड्केर गम्भीर अवस्थामा पुग्नुभएकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।

यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुग्नुभएकी विकलाई आज बिहान जिल्ला अस्पताल डोल्पामा पुर्‍याइएको थियो ।

गम्भीर अवस्थामा आज अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखाप्रमुख डा अखण्ड उपाध्यायले जानकारी दिए ।

ठूलीभेरी–१० रहगाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उनले बताए ।

गर्भवतीले नियमित स्वास्थ्य परीक्षण नगराउने, घरमा सुत्केरी गराउने र अन्तिम अवस्थामा मात्र अस्पतालमा ल्याउने प्रवृत्तिले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको डा उपाध्यायले उल्लेख गरेका छन् । बालविवाह, सानै उमेरमा गर्भवती हुने, उचित पोषणको कमीलगायत कारणले पनि महिलाको स्वास्थ्य अवस्था कमजोर हुने उनको भनाइ छ । रासस