४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन

‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन
अ+ अ-

काठमाडौँ। विभिन्न व्यवधानका बाबजुद शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ ले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ।

पहिलो दिनबाटै दर्शकको राम्रो साथ पाएको यो चलचित्रले शनिबार अझ गति लिएको छ। वितरण कम्पनी डीसीएनका अनुसार चलचित्र शनिबार देशभर करिब ३३० स्क्रिनहरूमा प्रदर्शन भइरहेको छ।

चलचित्रको प्रमोशनलाई अझ बलियो बनाउन अभिनेता प्रदीप खड्का, राजबल्लभ कोइराला र अभिनेत्री दिव्या रायमाझी शनिबार विभिन्न हलमा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रबारे प्रतिक्रिया लिइरहेका छन्।

शनिबार दिउँसो ललितपुरको पुल्चोकस्थित क्युएफएक्स हलमा पुगेका दर्शकहरूले चलचित्रको अन्त्यसँगै ‘एक्टर: टेक टु’ को माग गरेका थिए। हलमा कलाकारहरू आकस्मिक रूपमा प्रवेश गरेपछि दर्शकहरू झनै उत्साहित बनेका थिए। ‘वि वान्ट टेक टु’ भन्दै नाराबाजी गरिरहेका दर्शकहरूसँग कलाकारहरूले खुसी साट्दै सेल्फी खिचेका थिए।

धेरै दर्शकहरूले क्लाइमेक्सको खुलेर तारिफ गरे। प्रदीप खड्काको दमदार अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन, दिव्या रायमाझीको डेब्यु र आना शर्माको अभिनयले दर्शकको मन जितेको छ। साथै, चलचित्रको निर्देशनलाई लिएर पनि व्यापक प्रशंसा भइरहेको छ।

‘एक्टर: टेक वन’ मा प्रदीप, आना, दिव्या, राजबल्लभसँगै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ।

चलचित्रको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन्। अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।