१९ माघ २०८१, शनिबार
,
Latest
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक झिनो अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए ।  

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीले रु १३ करोड १३ लाख ८२ हजार ८५० बराबरको कारोबार गरेको छ । यस्तै, नेको इन्सुरेन्स रु सात करोड २५ लाख ८१ हजार ५५८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड १७ ५७ हजार ३०८, कुमारी बैंक रु सात करोड १४ लाख १५ हजार ९९७ र नेपाल बैंक रु छ करोड ९३ लाख ५४ हजार ७१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

दिव्यश्वरी हाइड्रोपावर १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९२, रिलायन्स लाइफ इन्सुरेन्स ९.८६, खानीखोला हाइड्रोपावर कम्पनी ९.८४, घलेम्दी हाइड्रो ९.५९ र युनियन हाइड्रो पावरका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । यस्तै, माउण्टेन हाइड्रो ४.८५, राधी विद्युत् कम्पनी ४.०२, गोर्खाज फाइनान्स ३.८३, एचआइडिसिएल ३.८२ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए ।