९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक झिनो अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए ।  

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीले रु १३ करोड १३ लाख ८२ हजार ८५० बराबरको कारोबार गरेको छ । यस्तै, नेको इन्सुरेन्स रु सात करोड २५ लाख ८१ हजार ५५८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड १७ ५७ हजार ३०८, कुमारी बैंक रु सात करोड १४ लाख १५ हजार ९९७ र नेपाल बैंक रु छ करोड ९३ लाख ५४ हजार ७१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

दिव्यश्वरी हाइड्रोपावर १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९२, रिलायन्स लाइफ इन्सुरेन्स ९.८६, खानीखोला हाइड्रोपावर कम्पनी ९.८४, घलेम्दी हाइड्रो ९.५९ र युनियन हाइड्रो पावरका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । यस्तै, माउण्टेन हाइड्रो ४.८५, राधी विद्युत् कम्पनी ४.०२, गोर्खाज फाइनान्स ३.८३, एचआइडिसिएल ३.८२ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए ।  




भर्खरै