२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशनलाई जनताको जीवनमा सुधार ल्याउने गरी अघि बढाउन खबरदारी गर्छौंः जनार्दन शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी अघि बढाउन प्रतिपक्षले खबरदारी गर्ने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको जनजीविकामा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्ने बताउनु भयो ।

उहाँले देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदार गर्ने बताउनु भयो । उहाँले सरकारले ल्याएका राम्रा कामको समर्थन र गलत क्रियाकलापहरुको खबरदारी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजदेखि हिउँदे अधिवेशन प्रारम्भ भएको छ । हिउँदे अधिवेशनलाई जनताको जनजीवनमा सुधार ल्याउने गरी, जनजीविकाका प्रश्नमा सुधार ल्याउने गरी, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सुधार ल्याउने गरी हामी प्रतिपक्ष दलको तर्फबाट आफ्ना एजेण्डाहरु राख्नेछौँ । देशलाई समृद्धिको बाटोमा, सुशासनको बाटोमा लैजानका लागि सरकारलाई खबरदारी गर्नेछाँै । सरकारले ल्याएका राम्रा कामको समर्थन गर्नेछौँ र सरकारले गर्ने गलत क्रियाकलापहरुको हामी खबरदारी गर्नेछौँ ।’

उहाँले संविधान र संघीयता कार्यान्वयनमा भएका कमी, कमजोरीलाई सुधार गर्न कानून निर्माण गर्नुका साथै अग्रगमनतिर बढ्न संविधान संशोधनमार्फत अघि बढ्ने बताउनु भयो ।