६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता



अ+ अ-

काठमाडौँ । क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि.ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन् । सहकार्य गर्नेबारेको समझदारीपत्रमा कलेजमा मङ्गलबार प्रिन्सिपल उदयराज पौडेल र बैंकका कार्यकारी अधिकृत प्रवीण बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । 

उक्त बैंकका कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता एवं उत्प्रेरणा अभिवृद्धि गर्र्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य हासिलका लागि अवसर प्रदान गर्न क्वेष्ट कलेजले अध्यापन, अनुगमन तथा तालीममार्फत योगदान पुर्याउने साझेदारी भएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

बैंकका कर्मचारीले क्वेष्टका कुनै पनि डिग्री कार्यक्रम तथा तालीममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । बैंकले पनि क्वेष्टका विद्यार्थीलाई इन्टनसीपको अवसर दिँदै आएको जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत बस्नेतले समझदारी र सहकार्यलाई मानव संशोधन विकासमा शैक्षिक क्षेत्र, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमका रुपमा लिइएको बताउनुभयो । 
    
पोखरा विश्वविद्यालयबाट सन् २००९ मा सम्बन्धन प्राप्त गरी व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेका कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी कामना सेवा विकास बैंकले ९०० कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १२४ शाखामार्फत देशका विभिन्न स्थानमा सन् २००६ देखि बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।