३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता

वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता
अ+ अ-

काठमाडौँ । क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि.ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन् । सहकार्य गर्नेबारेको समझदारीपत्रमा कलेजमा मङ्गलबार प्रिन्सिपल उदयराज पौडेल र बैंकका कार्यकारी अधिकृत प्रवीण बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । 

उक्त बैंकका कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता एवं उत्प्रेरणा अभिवृद्धि गर्र्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य हासिलका लागि अवसर प्रदान गर्न क्वेष्ट कलेजले अध्यापन, अनुगमन तथा तालीममार्फत योगदान पुर्याउने साझेदारी भएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

बैंकका कर्मचारीले क्वेष्टका कुनै पनि डिग्री कार्यक्रम तथा तालीममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । बैंकले पनि क्वेष्टका विद्यार्थीलाई इन्टनसीपको अवसर दिँदै आएको जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत बस्नेतले समझदारी र सहकार्यलाई मानव संशोधन विकासमा शैक्षिक क्षेत्र, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमका रुपमा लिइएको बताउनुभयो । 
    
पोखरा विश्वविद्यालयबाट सन् २००९ मा सम्बन्धन प्राप्त गरी व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेका कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी कामना सेवा विकास बैंकले ९०० कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १२४ शाखामार्फत देशका विभिन्न स्थानमा सन् २००६ देखि बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।