२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल नेदल्यान्ड्ससँग २० रनले पराजित



अ+ अ-

काठमाडौँ । महिला त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाल नेदल्यान्ड्ससँग पराजित भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।

नेदल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन् ।

नेदल्यान्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २-२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको योगदान दिइन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक-एक विकेट लिए ।

आजदेखि सुरु भएको सिरिजमा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक जोड्ने टिम सिरिजको विजेता बन्ने छ ।