१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई सम्पती शुद्धिकरणको मुद्दा लगाइ सांसदबाट निलम्वन गर्ने निर्णयको रास्वपाले विरोध गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले राजनीतिक प्रतिशोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय भएको उल्लेख गर्नुभयो ।

उहाँले ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको भ्रर्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।