२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु



अ+ अ-

प्रयागराज । भारतको प्रयागराजको संगम तटमा भागदौड मच्चिँदा मानवीय क्षति भएको छ ।

दुर्घटनामा १४ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । ५० भन्दा बढी श्रद्धालु घाइते भएका छन् । यद्यपि प्रशासनले मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृतस्नान रद्द गरेका थिए ।

११ बजेपछि अमृतमा स्नान गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग ४ पटक फोन गरेर घटनाको जानकारी लिएका थिए ।

अहिले अधिकारीहरुले हेलिकप्टरबाट महाकुम्भको अनुगमन गरिरहेका छन् । दुर्घटनाबारे मुख्यमन्त्री योगीले भने– ‘स्थिति नियन्त्रणमा छ । कुनै पनि प्रकारको अफवाहमा ध्यान नदिनुहोस् ।’

दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगमस्थलमा पुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ ।

आज महाकुम्भमा मौनी अमावस्याको स्नान हुने भएकाले करिब ९ करोड भक्तजन नगरमा उपस्थित हुने अनुमान गरिएको छ । प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।

मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । पूरै सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।

तस्बिरः एएफपी




भर्खरै