२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पलाई झट्का: सहयोग रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग रोक्ने गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

धेरै संघीयस्वरूप रोक्का गर्ने निर्णयविरुद्ध त्यहाँको जिल्ला अदालतले फैसला गरेको हो । वासिङ्टन डिसीका न्यायाधीश जर्ज लोरेन अलिखानले गरेको निर्णय अनुसार ३ फेब्रुअरीसम्म ट्रम्पको निर्णय कार्यान्वयन हुने छैन ।

ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन् ।

ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो । ट्रम्पको यो निर्णयले बालबालिकाको विकास र स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव पारेको थियो ।

बाल शिक्षा र सामुदायिक स्वास्थ्यका कार्यक्रम समेत रोक्ने गरी ल्याइएको ट्रम्पको सो निर्णयले धेरैलाई आश्चर्यमा परेको छ ।

ट्रम्पको निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा, पेन्सन तथा विद्यार्थी लोन लगायत अन्य धेरै विषय प्रभावित देखिन्छ ।

ट्रम्पको निर्णयपछि बाल बच्चाको विकास, स्वास्थ्य, घरबार बिहीन एलजिबिटीक्यु लगायत क्षेत्रमा काम गर्दै आएका धेरै एनजिओ तथा अपएनजिओ समेत प्रभावित हुने छन् । अदालतको यो निर्णयले भने यी सबै क्षेत्रलाई राहत दिने अनुमान गरिएको छ ।