१७ माघ २०८१, बिहीबार
,
Latest
प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख… गायिका रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह सरकारले ल्याएका अध्यादेश माओवादीले अस्वीकार प्रस्ताव पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : शेखर कोइराला विपिन रिहाइको पर्खाइमा सरकार: कहिले सार्थक बन्ला परराष्ट्रमन्त्रीको पहल ? बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान जारी ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’ २५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबलकार’ समूहद्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द



अ+ अ-

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विरोध जनाईरहेकोे ‘नो केबलकार’ समूहले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् ।

शनिबार पाथीभरा क्षेत्रमा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।

मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने र १२ गतेको झडपमा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन् । यस्तै, काफ्लेपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई रिहा गर्न पनि माग गरेका छन् ।

‘नो केबलकार’ समूहले मेची राजमार्ग र तमोर करिडोरमा मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म र तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म यातायात ठप्प भएको छ ।