२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबलकार’ समूहद्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द



अ+ अ-

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विरोध जनाईरहेकोे ‘नो केबलकार’ समूहले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् ।

शनिबार पाथीभरा क्षेत्रमा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।

मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने र १२ गतेको झडपमा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन् । यस्तै, काफ्लेपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई रिहा गर्न पनि माग गरेका छन् ।

‘नो केबलकार’ समूहले मेची राजमार्ग र तमोर करिडोरमा मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म र तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म यातायात ठप्प भएको छ ।