१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसिपमा उपविजेता भएको थियो ।

फाइनलमा बंगलादेशसँग पराजित भएपछि तामाङले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

यद्यपी उनी नेपाल, कीर्गिस्तान, लेबनान र म्यानमारबीच हुन लागेको फुटबल च्याम्पियनसीपका लागि पुनः टोलीको प्रशिक्षकका रूपमा फर्किएका हुन् ।

नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा नेपालसँगै कीर्गिस्तान, लेबनान र म्यानमारबीच च्याम्पियनसीप हुँदै छ ।