१६ माघ २०८१, बुधबार
,
Latest
थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली  : अध्यक्ष दाहाल समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि  प्रेरणा :  उपराष्ट्रपति सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो परिवर्तनका लागि आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै पूर्वराजा ज्ञानेन्द्रद्वारा आज कपिलवस्तुको तौलेश्वरनाथ महादेवको दर्शन र पूजापाठ इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अमेरिकी अनुदानका सबै कार्यक्रम निलम्बित !



अ+ अ-

काठमाडौं । नेपालमा अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित अनुदानमा सञ्चालित कार्यक्रम निलम्बित भएका हुन् ।

नेपाल सरकारसँग ५ बर्से रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (युएसएआईडी)ले अर्थ मन्त्तालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि निलम्बित भएको जानकारी दिएको हो ।

यूएसएआईडीले शनिबार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मालाई सम्बोधन गरेर पत्र लेखेको छ । पत्रमा अमेरिकी अनु्दानमा सञ्चालनमा रहेका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।

‘युएसएआईडी/नेपालको सम्झौता, अनुदान, सहकार्य सम्झौता र अनय सहायता उपकरणअन्तर्गतका कार्यक्रम तत्काल रोकिएका/नलिम्बित भएका छन्’ पत्रमा भनिएको छ, ‘युएसएआईडी नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यत: चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको जानकारी गराइन्छ ।’ पत्रमा राष्ट्रपसित ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिले ९० दिनका लागि अनुदान निलम्बन गरिएको र त्यसपछि के हुन्छ भन्ने उल्लेख नभएको बताइएको छ ।

अमेरिकाले सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग गरेको थियो । अमेरिकाले अनुदान दिने मुलुकको सूचीमा नेपाल १६ औं स्थानमा छ ।