१५ माघ २०८१, मंगलवार
,
Latest
परिवर्तनका लागि आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै पूर्वराजा ज्ञानेन्द्रद्वारा आज कपिलवस्तुको तौलेश्वरनाथ महादेवको दर्शन र पूजापाठ इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते ट्र्याक्टरबाट खस्दा एक युवकको मृत्यु प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट अध्यादेशका भरमा काम गर्दा जनताका अधिकार संकुचित हुनसक्छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भ्याली पब्लिक र संस्कृतिको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत पौडेलद्वारा विपिन जोशीको रिहाइका निम्ति सघाउन आग्रह



अ+ अ-

काठमाडौँ । कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले प्यालेस्टाइनको गाजामा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकर्ताको भूमिका निर्वाह गर्न कतारका अमिरशेख तमिम बिन हमाद अल थानीसमक्ष अनुरोध गर्नुभएको छ ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै जोशीको रिहाइका निम्ति सहयोग गर्न आग्रह गर्नुभएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौडेलले आइतबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा उक्त आग्रह गर्नुभएको हो ।

उहाँले गत अप्रिल २०मा अमिरबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलकातर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र त्यहाँका जनताको निरन्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारी अमिरले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिनुभएको थियो ।