२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले ४ इजरायली महिला सैनिक रिहा गर्यो



अ+ अ-

एजेन्सी । हमासले शनिबार ४ महिला इजरायली सैनिकलाई रिहा गरेको छ । उनीहरु विगत १५ महिनादेखि बन्धक थिए । गत अक्टोबर ७ मा नहल ओज विमानस्थलबाट अपहरण गरिएका ७ महिला सैनिकमध्ये यी हुन् ।

यहाँबाट गाजाका गतिविधिमाथि महिला सैनिकहरूले नजर राख्थे । रिहा हुनेमा करिना एरिभ, डेनिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।

हमासले उनीहरुलाई सामाजिक संस्था रेडक्रसलाई हस्तान्तरण गरेको हो । ५ वटा गाडीमा दक्षिणी इजरायलको शिविरमा ल्याइयो । त्यसपछि उनीहरुलाई इजरायल डिफेन्स फोर्स (आईडीएफ)लाई सुम्पिएको थियो ।

यसको बदलामा इजरायलले २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । यसअघि जनवरी १९ मा हमासले तीन इजरायली महिला बन्धकलाई रिहा गरेको थियो । यसपछि इजरायलले एकै दिन ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो ।