२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रको प्रश्न – राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीको जारी केन्द्रिय समितिको बैठक मूल एजेण्डमा केन्द्रित हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकि ठिमितिर त भएन ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।

राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर मूल एजेण्डामा केन्द्रित गर्नुपर्ने उनको भनाई छ ।

संविधान संशोधनको विषयमा राजनीतिक दलहरूका बीचमा छलफल चलिरहेकाले राप्रपाले पनि यो विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताउँदै उनले संविधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन् –

कतै राप्रपा केन्द्रिय समितिको बैठक

कामकाज एकातिर

कुम्लो बोकि ठिमितिर त भएन ?

राष्ट्र र देशवासीको हितका लागि अहिलेको अबस्थामा पार्टीलाई एक ढिक्का बनाई साथै संयुक्त रुपमा सार्बजनिक सुनुवाइ गरेर समान बिचार भएका वा स्वतन्त्र युवा वा कुनै दल वा संस्थालाई एकिबद्ध बनाई राष्ट्र निर्माणको कार्यको थालनी गर्नको लागि संबिधान संशोधन गराउन दबाबमुलक कार्यक्रम गर्नु पर्ने हो जस्तै

१. जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था
२. प्रदेश संरचनाको खारेज
३. बुद्ध, किराँत र हिन्दु सहितको वैदिक सनातन हिन्दु राष्ट्रको स्थापना
४. राष्ट्रपति र राजा को बारेमा जनमत संग्रहको माग
५. भ्रष्टाचारीहरूलाई आजीवन कारावास र सम्पत्तिहरण गर्ने कानुन निर्माण तथा संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द
६. विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार
७. युवाहरूलाई रोजगारीको ग्यारेन्टी
८. कर्मचारी तथा शिक्षकहरूलाई राजनीति गर्न बन्द गरिनुपर्ने

तर हामी हामी एकअर्कालाई आरोप र प्रत्यारोप लगाएर पार्टीको केन्द्रीय समिति जस्तो बैठकलाई रमिता हेर्ने थलोका रूपमा प्रयोग गरिरहेका छौँ जो आफैमा कुनै पनि प्रगति र परिणाम दिने काम होइन।

(बुवा बिरामी भएको कारणले गर्दा म उपस्थित हुन सकिन सबै केन्द्रीय सदस्यहरूमा माफी माग्न चाहन्छु।)

 




भर्खरै