५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता तथा कार्यकर्तालाई जनतासँगै खट्न अध्यक्ष दाहालको निर्देशन



अ+ अ-

दाङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै खट्न निर्देशन दिएका छन्।

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई आज घोराहीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको, जनतासँग पनि सम्बन्ध पनि टुटेको उल्लेख गर्दै विगतको गल्ती सच्याउन निर्देशन गरेका हुन्।

“विगतमा हामीमा धुलो लागेकै हो”, उनले भने, “अब हामी सच्चिनु पर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ।” अहिले आफूले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको भन्दै सबै नेता तथा कार्यकर्ताहरु यसरी नै जनताको घर–घरमा जान निर्देशन गरे।

साथै उनले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको भन्दै यसको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुन सक्ने भन्दै त्यसका लागि तयार हुनसमेत निर्देशन गरेका छन्।