२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ: महेश बर्तौला



अ+ अ-

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरुलाई रोजगारी अवसर दिनुपर्ने बताएका छन् ।

हेटौँडामा शनिबार पत्रकारहरुसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताए । हेटौंडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उनले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गरे ।

मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलखारखाना स्थापना गरी रोजगारीका अवसरहरु सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । रासस