४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

शाहरुख खानदेखि इरफान खानसम्म : टिभि अभिनेताहरू जसले बलिउडमा आफूलाई अब्बल बनाए

शाहरुख खानदेखि इरफान खानसम्म : टिभि अभिनेताहरू जसले बलिउडमा आफूलाई अब्बल बनाए
अ+ अ-

शाहरुख खानदेखि आयुष्मान खुराना र स्वर्गीय सुशान्त सिंह राजपूतसम्म धेरै बलिउड सेलिब्रेटीले आफ्नो करियर सानो पर्दाबाट सुरु गरेका हुन् । यहाँ केही बलिउड स्टार र तिनीहरूको डेब्यू अभिनयबारे केही चर्चा गरिएको छ । 

१. शाहरुख खान : शाहरुख खानले सामान्य सुरुआत गरेका थिए र ९० को दशकका उनका पुराना टिभी कार्यक्रमहरूका भिडियोहरू इन्टरनेटमा समय–समयमा प्रसारित भइरहन्छन्। शाहरुख खानले सन् १९८९ मा फौजी र सर्कस जस्ता सिरियलबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनले दूरदर्शनका केही कार्यक्रममा एङ्करिङ पनि गरेका थिए ।

२. सुशान्त सिंह राजपुत : दिवङ्गत अभिनेता सुशान्त सिंह राजपुत त्यतिबेला आफ्नी प्रेमिका अङ्किता लोखण्डेसँग लोकप्रिय टिभी शो पवित्र रिश्ताको हेडलाइनका लागि परिचित थिए। पछि सुशान्त फिल्मको संसारमा गए र केदारनाथ, छिछोरे, र एमएस धोनी : द अनटोल्ड स्टोरी जस्ता विभिन्न हिट फिल्महरू दिए। सन् २०२० जुनमा सुशान्तको आकस्मिक मृत्युले सम्पूर्ण उद्योगलाई स्तब्ध पारेको थियो।

३. आदित्य रोय कपुर : मलंग, ये जवानी है दिवानी, आशिकी २, सडक २ लगायतका फिल्म गरेका आदित्य रोय कपुरले भिजेका रूपमा आफ्नो करियर सुरु गरेका थिए। उनले १९ वर्षको हुँदा च्यानल वी मा एउटा कार्यक्रम एङ्कर गरे।

४. विद्या बालन : परिणीताभन्दा धेरै अगाडि विद्या बालनले एकता कपूरको शो हम पाँचमा मुख्य भूमिका निभाएकी थिइन् । ९० को दशकको यो शो एकदमै हिट भयो र विद्याले जीवनमा यात्रा गरिरहेकी किशोरी राधिकाको भूमिकामा अभिनय गरेकी थिइन्। विद्या बालनको नाममा अहिलेसम्म धेरै हिट फिल्म छन् ।

५. मौनी रोय : मौनी रोयले आफ्नो करियर एकता कपुरको क्युँ कि  सास भी कभी बहू थी बाट सुरु गरेकी थिइन् । उनले अनस्क्रिनमा स्मृति इरानीको पात्र तुलसी विरानीकी छोरीको भूमिका निभाएकी थिइन् । मौनी त्यतिबेला देवो के देव महादेव र नागिन जस्ता शोमा पनि देखिइन् । अहिले उनी करण जोहरको फिल्म ‘ब्रह्मास्त्र’ को रिलिजको पर्खाइमा छिन् ।

६. इरफान खान : स्वर्गीय अभिनेता इरफान खानले टेलिभिजनबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनी भारत एक खोज, चाणक्य, सारा जहाँ हमारा, बनेगी अपनी बात, चन्द्रकान्त लगायतका कार्यक्रममा देखा परेका थिए । पछि उनले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो लागि ठाउँ बनाएका थिए।

७. आयुष्मान खुराना : आयुष्मान खुरानाले सन् २००४ मा एमटिभी रोडिज जितेका थिए र त्यसपछि विभिन्न टिभी शोहमा एङ्कर बन्न पुगे। उनले विक्की डोनरबाट बलिउडमा ठूलो ब्रेक पाएका थिए । उनको पछिल्लो रिलिज चण्डीगढ करे आशिकीलाई फ्यान र समीक्षकहरूले राम्रोसँग स्वागत गरेका थिए।

८. यामी गौतम : यामी गौतम विक्की डोनरबाट बलिउडमा डेब्यु गर्नुअघि भारतीय टेलिभिजनको चर्चित अनुहार थिइन् । यी अभिनेत्री धेरै विज्ञापन र शो ये प्यार ना होगा कम मा देखिइन् ।