१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिनुभयो । उहाँले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानून मन्त्रालय सदैव सकारात्मक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ(श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आवद्ध गर्ने कुरा जुन राख्नुभयो । यो मन्त्रालयको सफलता र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’

उहाँले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नसके ठूलो र ऐतिहासिक उपलब्धी हुने बताउनु भयो ।