२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका कर्मचारीलाई ६ महिना कैद



अ+ अ-

काठमाडौँ । अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेका बीपी मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत मनसुन नेपाललाई यस्तो फैसला सुनाएका हुन् ।

मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेका थिए । उनले पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ‘नट भेरिफाइड’ भनी पत्रअनुसार जानकारी गराएको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

यससँगै, अदालतले नेपाललाई अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम ४०० रुपैयाँ क्षतिपूर्ति बुझाउन समेत आदेश दिएको छ ।