१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका कर्मचारीलाई ६ महिना कैद



अ+ अ-

काठमाडौँ । अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेका बीपी मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत मनसुन नेपाललाई यस्तो फैसला सुनाएका हुन् ।

मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेका थिए । उनले पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ‘नट भेरिफाइड’ भनी पत्रअनुसार जानकारी गराएको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

यससँगै, अदालतले नेपाललाई अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम ४०० रुपैयाँ क्षतिपूर्ति बुझाउन समेत आदेश दिएको छ ।