१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालसामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्‍यो ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । यसैगरी एलेनोर लारोसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्सवर्थले अविजित १६ रन बनाए ।

नेपालका लागि कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए ।