१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र इंग्ल्याण्डबीचको पहिलो टी–२० आज



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ खेलको टी–२० सिरिजको पहिलो खेल आज हुँदैछ । कोलकाताको इडेन गार्डेन रंगशालामा १३ वर्षपछि दुवै टोली भिड्दैछन् ।

अन्तिम पटक यहाँ दुई टोली सन् २०११ मा भिड्दा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको थियो । सन् २००७ को विश्वकपमा भारत र इङ्ल्यान्डबीचको पहिलो टी–२० खेल भएको थियो । सन् २००७ देखि यी दुई टोलीबीच २४ वटा टी–२० खेल भएका छन् ।

भारतले १३ र इङ्ल्यान्डले ११ खेल जितेका छन् । दुवै टोलीले भारतमा ११ खेल खेलेका छन्, यहाँ पनि भारत अगाडि छ । टोलीले ६ खेल जितेको छ भने इंग्ल्याण्डले ५ खेल जितेको छ ।

भारतीय फास्ट बलर मोहम्मद शामी यो खेलबाट फर्किने सम्भावना छ । उनले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलको १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । उनले आफ्नो अन्तिम खेल १९ नोभेम्बर २०२३ मा अस्ट्रेलियाविरुद्ध खेलेका थिए ।

टी–२० मा भारतका सर्वाधिक स्कोरर रोहित शर्मा हुन् । उनको नाममा १५९ खेलमा ४२३१ रन छ । जहाँ दोस्रो स्थानमा रहेका विराट कोहलीले १२५ खेलमा ४१८८ रन बनाएका छन् । तर, यी दुवै खेलाडीले यो फर्म्याटबाट सन्यास लिएका छन् । तेस्रो नम्बरमा सूर्यकुमार यादव छन् । जसले ७८ खेलमा २५७० रन बनाएका छन् ।

बलिङमा युजभेन्द्र चहलले सबैभन्दा बढी ९६ विकेट लिएका छन् तर उनी यो सिरिजमा परेका छैनन् । अर्शदीप सिंह ९५ विकेट लिएर दोस्रो स्थानमा छन् । आज अर्शदीपले २ विकेट लिने बित्तिकै चहललाई पछि पार्नेछन् ।

इंग्ल्याण्डका सेतो बलका कप्तान जोस बटलर टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १२९ टी–२० खेलमा ३३८९ रन बनाएका छन् । अदिल रसिद सर्वाधिक (१२६) विकेट लिने इंग्लिस खेलाडी हुन् ।