९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छली गर्नेहरूको सक्रियता



अ+ अ-

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ । विभागले चितवनको सन्तोषी निर्माण सेवा, लतितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध सो परिमाणको राजस्व छलीको मुद्दा दायर गरेको हो । विभागका अनुसार सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट कुल ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा नै खरिद नगरी झुटा र नक्कली भ्याटबिल बिक्री गरेको पाइएको छ । यसैगरी, स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका सञ्चालक उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजारको बिगो दाबी मुद्दा दर्ता गरिएको छ ।

त्यसैगरी, काठमाडौं महानगपालिका–३२ मा रहेको बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नले राजस्व छली गरेको अभियोगमा कुल २५ करोड ५७ लाख ९७ हजारको बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार बिग प्लान सप्लायर्स र बिग प्लान ब्याग उद्योगले २ करोड ६ लाख ६ हजार ५२३ रुपैयाँ मूल्य अभिवृद्धि कर र ४ करोड ९० लाख रुपैयाँ आय कर, एपी ट्रेड एन्ड सप्लायर्सले मूल्य अभिवृद्धि करतर्फ ३ करोड ७१ लाख र आयकरतर्फ ८ करोड ९८ लाख राजस्व छली गरेको प्रमाणित भएको छ ।

यसैगरी, सम्मानित ट्रेड कन्सर्नले मूल्य अभिवृद्धि करतर्फ १ करोड ७७ लाख र आयकरतर्फ ४ करोड १२ लाख रुपैयाँ चुहावट गरेको ठहर गर्दै उनीहरूविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले कोरोना महामारीले मुलुक संकटमा परेको मौका छोपेर विभिन्न प्रक्रिया अपनाई राजस्व छल्नेहरूविरुद्ध अब कठोर कारबाही थालिने चेतावनी दिएका छन् । राजधानी दैनिक




भर्खरै