८ माघ २०८१, मंगलवार
,
Latest
अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ: अध्यक्ष ढकाल हरर फिल्म ‘ममी’को डरलाग्दो ट्रेलर रिलिज फिल्म ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँः मन्त्री गुरूङ सी र पुटिनबीच भिडियो वार्ता सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन… पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने सैफ अली खान ५ दिनपछि अस्पतालबाट डिस्चार्ज सरकार हाम्रो प्राथमिकता होइनः अध्यक्ष प्रचण्ड भैरहवा पुगे रवि लामिछाने, भोलि अदालतमा उपस्थित हुने– तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङले भेटे खानेपानी मन्त्री



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेट गरेका छन् । रित्तो गाग्री लिएर काठमाडौँ आएका मेयर हर्कले मन्त्रालय पुगेर मन्त्री यादवसँग भेट गरेका हुन् ।

खानेपानी समस्या समाधानको माग राख्दै मन्त्रालय पुगेका हर्कलाई खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने मन्त्री यादवले प्रतिवद्धता जनाए ।

‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।’ मन्त्री यादवले भनेका छन् ।

साथै, खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री यावदले मेयर साम्पाङलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन समेत आग्रह गरेका छन् ।

यसलाई मेयर साम्पाङले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किएको पनि मन्त्री यादवले जानकारी गराएका छन् ।