९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदी फेब्रुअरी ५ मा महाकुम्भमा जाने



अ+ अ-

एजेन्सी । भारतको प्रयागराजमा लागिरहेको महाकुम्भको आज ९ औं दिन हो । बिहान ८ बजेसम्म १६ लाख मानिसले स्नान गरेका थिए ।

हालसम्म ९ करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । फेब्रुअरी १ मा उपराष्ट्रपति जगदीप धनखर, ५ मा प्रधानमन्त्री नरेन्द्र मोदी र १० मा राष्ट्रपति द्रौपदी मुर्मु महाकुम्भमा पुग्ने बताइएको छ ।

व्यवसायी गौतम अडानी आज महाकुम्भमा भाग लिँदैछन् । आइतबार साँझ महाकुम्भमा आगलागी भएपछि सोमबार दमकलका डीजी अविनाश चन्द्रले घटनाबारे जानकारी लिएका थिए । महाकुम्भका लागि थप २० दमकल र १ सय दमकलकर्मी परिचालन गरिने भएको छ ।