२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार एमालेमा प्रवेश गर्दै वामदेव गौतम



file-photo
अ+ अ-

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान अभियानका संयोजक तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम बुधबार एमालेमा फर्किने भएका छन् ।

आज बस्न लागेको एमाले सचिवालय बैठकको निर्णयअनुसार पार्टी प्रवेश गर्ने तयारी रहेको एक नेताले बताए ।

आज बोलाइएको एमाले सचिवालय बैठकले वामदेव गौतम र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश छ । उक्त बैठकले गौतमसहितका बारेमा निर्णय गरे भोलि प्रवेश गर्ने तयारी रहेको ती नेताले बताए ।

यसअघि आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार पुगेर गौतमले भेट गरेका थिए । अध्यक्ष ओलीले यसबारे जानकारी गराएपछि पार्टीमा फरकने तयारी रहेको गौतमले बताएका थिए ।