१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषभ पन्त



अ+ अ-

एजेन्सी । ऋषभ पन्त लखनउ सुपर जायन्ट्स (एलएसजी)को नयाँ कप्तान बनेका छन् । उनले केएल राहुलको स्थान लिनेछन् । यसअघि पन्त दिल्ली क्यापिटल्सका कप्तान थिए ।

मेगा अक्सनपछि पन्तलाई लखनउको कप्तान बनाउने चर्चा चलेको थियो । फ्रेन्चाइजीले पन्तलाई नोभेम्बर–२०२४ मेगा अक्सनमा २७ करोड रुपैयाँमा किनेको थियो । योसँगै पन्त आईपीएलका सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

पन्तले यसअघि तीन सिजन (२०२१, २०२२ र २०२४ंमा दिल्ली क्यापिटल्सको नेतृत्व गरिसकेका थिए । उनको कप्तानीमा टोली २०२१ प्लेअफमा पुगेको थियो । उनी कार दुर्घटनापछि २०२३ को सिजनबाट बाहिरिएका थिए ।

लखनउ पन्तको लागि आईपीएलमा दोस्रो टोली हो । यसअघि उनले सन् २०१६ मा दिल्ली क्यापिटल्सबाट आईपीएलमा करियर सुरु गरेका थिए । त्यसबेला डेयरडेभिल्स (दिल्ली क्यापिटल्सको पुरानो नाम)ले २०१६ को लिलामीमा उनलाई १.६ करोडमा किनेको थियो ।