१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल खेलिरहेको छ । नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । यस्तै, सावित्रि धामीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त १४ रन पायो ।

बलिङतर्फ स्कटल्यान्डकी मेइसी मकेइरा एक्लैले पाँच विकेट लिइन् । यस्तै, एम्मी बाल्डी र नयमा शेखले दुई–दुई विकेट लिए भने क्रिस्टी म्याककोलले एक–एक विकेट लिए ।

नेपाल र स्कटल्यान्डले हालसम्म एक–एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।