७ माघ २०८१, सोमबार
,
Latest
भारतीय चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास गढीमाई मन्दिरमा तोडफोड गर्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पेश ज्येष्ठ नागरिकले सेवन गर्ने औषधिको लागत सङ्कलन गर्दै काठमाडौँ महानगर नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी यू-१९ महिला विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन: प्रधानमन्त्री पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता नेकपा एसको वार्षिक आम्दानी ४ करोड २४ लाख, घाटा ३२ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

इप्सविचको पोस्टमा सिटीको आधा दर्जन गोल, ब्राइटनसँग युनाइटेड स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले इप्सविच टाउनलाई उसकै घरेलु मैदानमा ६–० गोलले हराएको हो ।

सिटीलाई फराकिलो जित दिलाउन फिल फोडेनले दुई तथा कोभासिच, जेरेमी डोकु, एर्लिङ हालाण्ड र जेम्स म्याकाटीले एक–एक गोल गरे ।

जितसँगै सिटी २२ खेलबाट ३८ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । इप्सविच १६ अंकका साथ १८ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ । युनाइटेड घरेलु मैदानमै ब्राइटनसँग १–३ गोलले स्तब्ध बनेको हो ।

खेलको पाँचौं मिनेटमा यान्कुवा मिन्तेहले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । तर, दोस्रो हाफमा युनाइटेडले दुई गोल खायो ।

६० औं मिनेटमा काओरु मितोमा र ७६ औं मिनेटमा जर्जिनिओ रटरले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

यो नतिजापछि युनाइटेड २२ खेलबाट २६ अंकका साथ १३ औं स्थानमा छ भने ब्राइटन ३४ अंकका साथ नवौं स्थानमा छ ।