२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुकोनद्वारा रक्तदान, थापाद्वारा प्रशंसा



अ+ अ-

काठमाडौं। राप्रपा नेपाल आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आज काठमाडौंको बालाजु बाईसधारा पार्कमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले रचनात्मक र सामाजिक काममा सकृयता देखाएकोमा खुशी प्रकटका साथ टुकोन आबद्ध सबैको प्रशंसा गरे । पार्टी आबद्ध सबै जनबर्गिय संगठनलाई चलायमान भई संगठन केन्द्रित हुन समेत थापाले निर्देशन दिए ।

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला र टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । सो अबसरमा टुकोन काठमाडौं अध्यक्ष लाक्पा शेर्पाले करिब एक सय रक्तदाताहरुले रक्तदान गरेको जानकारी दिए ।