७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

सप्तरीका कोरोना संक्रमित मेयरलाई काठमाडौं रिफर

सप्तरीका कोरोना संक्रमित मेयरलाई काठमाडौं रिफर
अ+ अ-

सप्तरी । सप्तरीमा भेन्टिलेटर अभाव हुँदा  हनुमाननगर कंकालिनी नगरपालिकाका कोरोना संक्रमित नगर प्रमुखलाई काठमाडौं रिफर गरिएको छ। कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि मेयर शैलेशकुमार साहलाई काठमाडौं रिफर गरिएको हो । 

मंगलबार प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा समेत रहेका नगर प्रमुख साहलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसंगै मेयर शाहलाई जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।  

तर मेयर साहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरींले जानकारी दिए। 

कोभिड अस्पतालमा भेन्टिलेटरको अभाव रहेकोले काठमाडौंस्थित हेम्स अस्पताल रिफर गरिएको डा. चौधरीले बताए। नगर प्रमुख साहमा निमोनियाको समस्या समेत देखिएको छ। 

नगर प्रमुख साहसँगै उनको ३२ वर्षीय चालकमा समेत कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ।