८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा गाजामा युद्धविराम र बन्धकको रिहाइ सम्झौताकाे स्वागत



अ+ अ-

काठमाडौं। नेपाल सरकारले मध्यपूर्वमा अक्टोबर ७, २०२३ देखि भइरहेको घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।

सरकारले गाजामा बन्धकको रिहाइ र युद्धविरामको लागि भएको पछिल्लो सम्झौताकाे स्वागत गर्दै यसलाई दीर्घकालीन शान्ति र स्थिरताको मार्गतर्फ ठोस कदम हुने आशा व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा गाजाका जनताका लागि मानवीय सहायता अवरुद्ध नभई सुनिश्चित गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।

नेपाल सरकारले आफ्ना नागरिक बिपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । नेपालले वार्तामा संलग्न सबै पक्षको प्रयासप्रति आभार व्यक्त गरेको छ।




भर्खरै