२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायीहरुले भौतिकमन्त्री दाहाललाई बुझाए ज्ञापन पत्र



अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसयी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव, र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताउनु भयो ।

उहाँले प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनितिक दलका अध्यक्षहरुलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने बताउनु भयो । उहाँले व्यवसायीका माग सम्बोधन नभए महासंघले आगामी माघ १८ गते काठमाडौंको माईतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताउनु भयो । यसअघि महासंघ बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरु पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिने बताएको थियो । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी दिनुभयो ।

अध्यक्ष सिंहले भन्नुभयो,‘हामीले हाम्रा मागहरु राख्दै नेपाल सरकारका मन्त्रीज्युहरुलाई ज्ञापन पत्र बुझाउँदै छौं । अहिले भर्खरै हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बझाएका छौं । हामीले मुख्यसचिव एव भौतिक पूर्वाधार मन्त्रालयका सचिवज्युलाई समेत ज्ञापन पत्र बुझाइसकेका छौं । आजै २ बजे उपप्रधान एवं शहरी विकास मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउँदै छौं । सम्माननीय प्रधानमन्त्रीज्युलाई पनि आजै ज्ञापन पत्र बुझाउने हामी तयारी गर्दैछौं । हामीले बढी भन्दा बढी नेपाल सरकारका मन्त्रीज्युहरुलाई ज्ञापन पत्र बुझाउने र नेपालका राष्ट्रिय पार्टीका सभापतिज्युहरुलाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । हामी सरकारलाई दिएको १५ दिने अल्टिेमट र हाम्रा मागहरुको बारेमा ज्ञापन पत्र बुझाउँदै छौं । हाम्रा मागहरु पूरा नभएको अवस्थामा माघ १८ गतेदेखि हामीले काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिने र त्यसबाट पनि हाम्रो मागहरु सम्बोधन भएनन् भने माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका र पश्चिम नाका ठप्प पार्ने हाम्रो योजना छ । यही योजनाहरु अवगत गराउँदै हामीले ज्ञापन पत्र बुझाइरहेका छौं । ज्ञापन पत्र बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूले सडकमा आउने नगरेरमागहरु सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।’

उहाँले त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताउनु भयो ।