२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

महाकुम्भको अन्तर्राष्ट्रिय महत्वः विदेशी प्रतिनिधि प्रयागराजमा

महाकुम्भको अन्तर्राष्ट्रिय महत्वः विदेशी प्रतिनिधि प्रयागराजमा
अ अ+ अ-

प्रयागराज (उत्तर प्रदेश) । उत्तर प्रदेश सरकारद्वारा आयोजित भव्य महाकुम्भले अहिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । यसै अन्तर्गत बिहीबार विभिन्न १० देशका प्रतिनिधि सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डलले प्रयागराजको सङ्गमको भ्रमण गर्नुभएको छ ।

गुयानाका दिनेश पर्साउदले एएनआईसँग कुरा गर्दै गङ्गा नदीमा पवित्र स्नान गरेपछि आफ्नो खुशी र सन्तुष्टि व्यक्त गनुभयो । “मेरो सपना साकार भएको छ । म सधैं यहाँ आएर गङ्गा नदीमा पवित्र स्नान गर्न चाहन्थें । मैले त्यो इच्छा पूरा गरेको छु ।”

पर्साउडले अरूलाई कार्यक्रममा भाग लिन प्रोत्साहित गर्नुभयो । “म यहाँ आउनेहरूलाई पवित्र गङ्गा नदीमा स्नान गर्न प्रोत्साहित गर्दछु,” उहाँले थप्नुभयो ।

संयुक्त अरब इमिरेट्सका साली अल अजब विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम कुम्भ मेलाको अनुभव लिन प्रयागराज गएका धेरै अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूमध्ये एक हुन् ।

अल अजबले कार्यक्रमको आयोजनाको प्रशंसा गर्दै भन्नुभयो,“म मध्य पूर्वबाट भारत आएको छु । यो संसारको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम हो । यहाँ सबै कुरा राम्रोसँग आयोजना गरिएको छ । सुरक्षाका लागि प्रहरी तैनाथ छ । सरकारले राम्रो व्यवस्था गरेको छ ।”

भारत सरकारको विदेश मन्त्रालयको विदेश प्रचार तथा सार्वजनिक कूटनीति महाशाखाले निमन्त्रणा गरेको प्रतिनिधिमण्डल बुधबार भारत आइपुगेको हो ।

उत्तर प्रदेश राज्य पर्यटन विकास निगमले विकसित गरेको अरैलको टेन्ट सिटीमा प्रतिनिधिमण्डलको बसाइको व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा फिजी, फिनल्याण्ड, गुयाना, मलेसिया, मौरिसस, सिङ्गापुर, दक्षिण अफ्रिका, श्रीलङ्का, ट्रिनिडाड एण्ड टोबागो र संयुक्त अरब इमिरेट्स (युएई)का प्रतिनिधि सहभागी छन् ।

पैँतालिस दिनसम्म चल्ने महाकुम्भको चौथो दिन बिहीबार बिहान यहाँको त्रिवेणी सङ्गममा हजारौं भक्तजनले पवित्र स्नान गरेका छन् ।

विश्वको सबैभन्दा ठूलो धार्मिक मण्डलीमा छ करोडभन्दा बढी भक्तजन सहभागी भएका छन् । यसैबीच, तीर्थयात्रीहरूको ठूलो भीडलाई ध्यानमा राख्दै प्रयागराज प्रशासनले एआई–आधारित कम्प्युटराइज्ड खोज केन्द्र स्थापना गरेको छ ।

जनवरी १३ गतेबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ गतेसम्म चल्ने छ ।