१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमन्त्री यादवको दाबीः ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याइसक्यौं



अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा समेत गर्नुभयो । उहाँले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौं । हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो । तर अब जुन हाम्रो काम हुन्छ । त्यो सबै कामहरु प्रभावकारी रुपमा अगाडि बढ्छ । नेपाल विपद्को जोखिममा रहेको देश भएको हुनाले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु । त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ । अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतिको पनि सामना गर्नुपरेको छ । अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पुर्याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउन सकेका छैनौं । त्यसको लागि हामी निरन्तर लागिपरेका छौं । मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउँछौं । यो मेरो प्रतिवद्धता पनि छ । अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौं । यो पर्याप्त छैन । यसले जनता बिरामी हुने तथा प्रकोपहरु फैलिने खतरा छ । त्यसकारणले गर्दा ५७ प्रतिशत पुर्याउनका लागि हामी लागिपरेका छौं । यो अठोट लिएर म अघि बढेको छु ।’

उहाँले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताउनु भयो ।