२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज होः शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा कुनै वहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य नभएको बताएका छन् ।

बुधबार जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणबारे सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज भएको बताएका छन् । उनले यस्ता कार्यमा निन्दा गर्नुपर्ने बताउदै दोषिमाथि कारवाही गर्न माग गरेका छन् ।

बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाको स्ट्याटस यस्तो छः

लोकतन्त्रमा कुनै वहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो । यस्ता कार्यको सवै मिलेर निन्दा गरौं । दोषिमाथि कारवाही गर्न ढिला नगरौं ।