१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी फाइनलः आर्मीलाई १०३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलअन्तर्गतको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १०३ रनको लक्ष्य दिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा दोस्रो इनिङमा पुलिस १३९ रनमा अलआउट भएको हो ।

९ विकेटको क्षतिमा १ सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो । ७ रन जोड्दा टोली अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १ सय २ रनको अग्रता बनायो। पुलिसका लागि कुशल भुर्तेलले ४५ रन जोडे। अमितले १३ रन जोडे। दीलिप नाथ ३४ तथा रासिद खान १८ रन बनाए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए ।

पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १ स सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले १ सय ७० रन बनाएको थियो ।

अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।