३ माघ २०८१, बिहीबार
,
Latest
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छः प्रचण्ड काँग्रेसले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति बनायो लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन खानेपानीमन्त्री यादवको दाबीः ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याइसक्यौं सरकारमा काँग्रेस-एमालेबीच कुनै समस्या छैनः गृहमन्त्री लेखक दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज होः शेखर कोइराला हुम्लामा बाक्लो हिमपात प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन नेपाल पुलिस क्लबले जित्यो जय ट्रफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी फाइनलः आर्मीलाई १०३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलअन्तर्गतको तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १०३ रनको लक्ष्य दिएको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा दोस्रो इनिङमा पुलिस १३९ रनमा अलआउट भएको हो ।

९ विकेटको क्षतिमा १ सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो । ७ रन जोड्दा टोली अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १ सय २ रनको अग्रता बनायो। पुलिसका लागि कुशल भुर्तेलले ४५ रन जोडे। अमितले १३ रन जोडे। दीलिप नाथ ३४ तथा रासिद खान १८ रन बनाए। पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए ।

पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १ स सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले १ सय ७० रन बनाएको थियो ।

अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।