२ माघ २०८१, बुधबार
,
Latest
सर्वोच्च अदालतले खारेज गर्‍यो निकुञ्ज र आरक्षमा विकास आयोजनाको अनुमति दिने कानुन पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह धरौटी बुझाएर रिहा भए रवि लामिछाने सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँः रास्वपा सर्वोच्चले खारेज गर्‍यो रिट, अरुण चौधरीको सांसद पद जोगियो रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेशमा के छ ? (पूर्णपाठ) बालेनको कटाक्षः खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षण (पिएसएल) बारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संघीय संसदले बनाएका कानूनहरुको कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । यसअघि समितिले संविधानअनुसार बन्न बाँकी कानूनहरु र कानून कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले सुदूरपश्चिमको प्रदेशको धनगढी, मधेस प्रदेशको राजधानी जनकपुरधाम र लम्बिनी प्रदेशको राजधानी देउखुरिमा संघीय संसदले बनाएका कानून कार्यान्वयनका चुनौतीबारे अधययन गरेर प्रतिवेदन बुझाएको छ । समिति सभापति विमला सुवेदीले कानूनको उत्तरविधायिकी परीक्षण९पिएसएल०सँग सम्बन्धित रहेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताउनु भयो ।

उहाँले निर्णयको लागि समितिसमक्ष प्रश्ताव पेस गर्दै भन्नुभयो,‘समिति अन्तर्गत गठित उपसमितिहरुले सुदूरपश्चिमको राजधनी रहेको कैलाली जिल्लाको धनगढी, मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लाको जनकपुरधाम र लुम्बिनी जिल्लाको राजधानी रहेको दाङ जिल्लाको देउखुरीमा गरेको संघीय संसदले बनाएको ऐन, कानून कार्यान्वयनका चुनौतिका विषयमा गरिएको अध्ययनको प्रतिवेदन, २०८१ मा रहेका सुझावहरुलाई समितिले ग्रहण गर्ने निर्णय गर्ने, समितिले वागमती प्रदेशको कुनैस्थानमा उत्तरविधायिकी परीक्षण ९पिएलएस० सँग सम्बन्धित भएर संघीय संसदले बनाएको ऐन कानून कार्यान्वयनका चुनौतिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने र सभापतिले समिति सदस्यहरुसँग समन्वय गरेर उक्त अन्तरिक्रिया कार्यक्रमको मिति, समय र स्थान तथा अन्तरक्रियामा आमन्त्रितहरु तय गर्ने र समिति सभापतिको निर्देशनअनुसार समिति सचिवालयले कार्यक्रमका लागि आवश्यक कार्य गर्ने प्रश्ताव समितिसमक्ष राख्न चाहन्छु ।’

उहाँले समिति सदस्यहरुसँग समन्वय गरेर कार्यक्रम हुने स्थान, मिति र समय तय गरिने बताउनु भयो ।