२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफीको फाइनलमा कुशल भुर्तेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबीच प्रतिस्पर्धा जारी छ ।

पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन जोडेको छ ।

वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो । आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो । पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले इनिङ सम्हाले । उनले अर्धशतक बनाउँदै टीमलाई सम्हालेका छन् ।

भुर्तेलले ५१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरेका छन् । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो ।

तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ३९ बलमा २० रन बनाएर आउट भए । क्रिजमा भुर्तेललाई अर्जुन साउदले साथ दिइरहेका छन् । १३ बल फेस गरेका अर्जुनले खाता खोलेका छैनन् ।

आर्मीका लागि सोमपाल कामी र सहाब आलमले एक–एक विकेट लिएका छन् । जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ । पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै भएको छ ।