२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम शुरु गरेको बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भएपनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताउनु भयो । उहाँले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताउनु भयो । निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको शुरुवात समेत गर्न नसकेको अवस्था रहेको बताउनु भयो । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिष्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताउनु भयो । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । त्यसैले हामी कोही बिरामी भयौँ । उसको उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्ता गरेको स्थिति छ । तर बिरामी हुन नदिने भन्नेबारेमा हामील ठोस काम गर्न सकेका छैनौँ । यसरी नै बिरामी बढ्दै जाने हो भने हामीले उपचार गर्न सक्दैनौँ । त्यसैले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्नका निम्ति मान्छेले रहरले रोग बोकेको हुँदैन । नजानेर बोकेको हुन्छ । कसैलाई पनि क्यान्सर बोक्ने रहर हुँदैन, कसैलाई पनि किड्नीमा समस्या बोकेर बाँच्ने रहर हुँदैन । तर क्यान्सर शरीरमा प्रवेश गर्न नदिने कसरी हो त्यो जान्न जरुरी छ । किड्नी स्वस्थ कसरी राख्ने रु त्यो जान्न जरुरी छ । मुटु कसरी स्वस्थ राख्ने, सुखी हुने कसरी त्यो पनि जान्न जरुरी छ । निरोधात्मक क्षेत्रमा हामीले जति काम गर्नुपर्ने हो त्यसको शुरुवात पनि गर्न सकिरहेका छैनौँ । मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका छन् । यो कोलाहल, भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिष्पर्धाले मानिसलाई अस्वस्थ बनाएको छ । यसलाई कुन माध्यमबाट हल गर्ने ? यसको उपचारात्मक विधि हामीले अपनाइरहेको सेवासँग जोडिनु हुँदैन । यसको उपचारात्मक विधि योग, आयुर्वेदसँग जोडिनुपर्छ ।’

मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताउनु भयो । योगा उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो ।