२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ ।

माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्नुभएको छ ।

“यो पर्व किसानहरूले नयाँ कृषि ‘सिजन’को सुरुआतका रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको र यसले सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना बलियो बनाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ, “यस पर्वले विविध संस्कृति र समुदायबीच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु ।”