१ माघ २०८१, मंगलवार
,
Latest
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना डिजिटल भुक्तानी सेवा ‘इसेवा’ को १२औं वार्षिक साधारणसभा सम्पन्न मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु) भारतका चार जना स्रष्टालाई नइ पुरस्कार बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छः शिक्षामन्त्री भट्टराई सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले परराष्ट्रमन्त्री डा राणा र कतारका विदेशमन्त्री फोनवार्ताः विपिनको रिहाइको पहलका लागि अपिल वसन्तपुरमा माघी पर्वको रौनक-तस्बिरहरु तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।

उहाँले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पु¥याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारहरुले मात्रै पाँच तारे हुन नसक्ने बताउनु भयो । उहाँले पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताउनु भयो । उहाँले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताउनु भयो । उहाँले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘ पाँच तारे हाटेल फास्ट फुड पूर्वाधारहरुले मात्रै हुँदैन । ठूलो स्पेश हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नु भएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला । सुधारात्मक बाटोमा लैजानको लागि महानगरले काम गर्दैछ । महानगरले व्यवसायीहरुको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’

उहाँले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजिकरणको लागि काम गरिरहेको बताउनु भयो ।