२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ महिनामा १७ वाणिज्य बैंकहरुको ब्याजदर स्थिर



अ+ अ-

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले पुष महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

माघमा २० वाणिज्य बैंकमध्ये १७ बैंकले पुषकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, दुई वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ ।

लक्ष्मी सनराइज बैंकले मात्र ब्याजदर बढाएको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ तोकेको छ । पुष महिनामा यस बैंकको निक्षेप ब्याजदर ५.५ थियो ।

यस्तै, कृषि विकास बैंक र नेपाल एसबिआइ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र एसबिआइ बैंकले ५.५ तोकेको छ ।

माघमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंकले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।