२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफीको उपाधिका लागि दुई विभागीय टीम भिड्ने



अ+ अ-

काठमाडौँ । जय ट्रफी एलिट कपको उपाधिका लागि दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।

भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिसले फाइनलमा स्थान बनाएको हो । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । अर्कोतर्फ त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनायो ।

बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको लक्ष्य दिएको थियो । पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो । पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे ।

पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । दोस्रो इनिङमा विष्फोटक सुरुवात गरेका कुशल भुर्तेलले १९ बलमा ३२ रन जोडेर आउट भए ।

फाइनल खेल माघ १ गतेदेखि ३ गतेसम्म चल्नेछ ।