२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने



अ+ अ-

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने अदालतले तोकेको धरौटी बुझाएर आजै रिहा हुनु भएको छ । लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम अदालतलाई बुझाउनु भएको छ । उहाँले ६५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाउनु भएको हो ।

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।

रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार रास्वपा सभापति रवि लामिछाने आजै छुट्ने र कास्कीमा छुटे लगत्तै काठमाडौं लैजान प्रहरीले पक्राउ गर्ने भनिएकोमा जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुन जाने तयारी भै रहेको छ ।